गठबन्धन बैठक : सिट बाँडफाँट छिट्टै टुङ्याइने

गठबन्धन बैठक : सिट बाँडफाँट छिट्टै टुङ्याइने
फाइल तश्वीर

काठमाडौैं । पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ ।

बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने उनले बताए ।

बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved