चक्रे मिलन एमालेबाट उम्मेद्वारका लागि परे सिफारिसमा

नेपालभ्युज

चक्रे मिलन एमालेबाट उम्मेद्वारका लागि परे सिफारिसमा

काठमाडौं । नेकपा एमालेले गोरखा-२ को प्रतिनिधिसभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

चक्रे विगतमा विवादास्पद गतिविधिहरूमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बल को पहुँच बनाएका उनलाई एमालेले सिफारिस गरेकाे हाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved