चोलेन्द्रले किन बयानमा संसदीय समितिमाथि नै उठाए प्रश्न?

नेपालभ्युज

चोलेन्द्रले किन बयानमा संसदीय समितिमाथि नै उठाए प्रश्न?

काठमाडौं। महाअभियोग सिफारिस समितिमा उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो।

लामो जवाफ दिएका जबराले प्रक्रियागत जवाफ दिएका थिए । समितिका सदस्य मीन विश्वकर्मा भन्छन्, ‘घरिघरि समितिलाई नै प्रश्न गर्ने, संसदलाई नै प्रश्न गर्ने शैलीमा जानुभयो।’

महाअभियोग सिफारिस समितिलाई नै घरिघरि प्रश्न गर्दा प्रश्न सोध्नेलाई अफ्ठेरोमा पार्न सक्ने विश्वकर्माको भनाइ छ ।

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ। महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved