जबराविरुद्ध नेपाल बार र सर्वोच्च बारले बुझाएको प्रमाणमा के छ ?

नेपालभ्युज

जबराविरुद्ध नेपाल बार र सर्वोच्च बारले बुझाएको प्रमाणमा के छ ?

काठमाडौँ । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ । त्यस्तै सर्वोच्च बार एसोसिएसनले पनि जबराले गरेको भनिएको भ्रष्टाचारको प्रमाण पेस गरेको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्र आज समितिमा बुझाएको हो । पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू पठाइएको उल्लेख छ ।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराउपर नेपालको संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्नका लागि महाभियोग आरोपसँग सम्वन्धित कागजात, विवरण, जानकारी लगायतको प्रमाणहरू पेश गरिएको छ’,उक्त पत्रमा लेखिएको छ । महाअभियोग सिफारिस समितिले यही भदौ १५ गते निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बोलाउने निर्णय गरेको थियो ।

सर्वोच्च बारले बुझाएको भ्रष्टाचारको प्रमाणहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved