नर्भिकको तीज अफर, हेल्थ प्याकेजमा भारी छुट

नेपालभ्युज

नर्भिकको तीज अफर, हेल्थ प्याकेजमा भारी छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरूमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफरअन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरिद गर्न सक्ने जनाइएको छ । आधारभूत तीज प्याकेज रु. ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यसअन्तर्गत सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउन्ड, युरिन रुटिन लगायतको जाँच हुनेछ । यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९९९९ रुपैयाँमै खरिद गर्न सकिनेछ ।

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७७७७ रुपैयाँमै खरिद गर्न सकिने अस्पतालले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved