भिड्दै ‘प्रकाश’ र ‘राधा’, कसले मार्ला बाजी ?

नेपालभ्युज

भिड्दै ‘प्रकाश’ र ‘राधा’, कसले मार्ला बाजी ?

काठमाडौं । शुक्रबारबाट देशभर दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रकाश’ र ‘राधा’ । फ्राइडे रिलिजको परम्परा धान्दै दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । देशभर एकसाथ प्रदर्शनमा आएका दुवै फिल्म निर्माण पक्षले राम्रो भएको दाबी गर्दै आएको छ । बलिउड फिल्म ‘लाइगर’ बिहीबार लागेको कारण मल्टिप्लेक्सले दुवै फिल्मलाई न्युन शो दिएको छ ।

‘प्रकाश’ मा पछिल्लो समयका स्टार प्रदीप खड्काको मुख्य भुमिका रहेको फिल्म हो । नेपाल लगायत युएई, ओमान, बहराइन कतारलगायतका देशहरुबाट समेत एकसाथ प्रदर्शनमा आएको फिल्म हो जसको अग्रिम बुकिङ खुल्ला भएको थियो । महेन्द्र अधिकारीले निर्माण गरेको  फिल्ममा प्रदीपको अलवा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।  शिक्षक बन्ने एक युवाले गर्ने संघर्षको कथामा बनेको यो फिल्ममा मुख्य पात्रका माध्यमबाट वर्षीय विभेदको कुरा पनि उठाइएको छ ।

‘सुनगाभा’ फिल्मका निर्देशक सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘राधा’को पनि बिहीबार प्रिमियर गरिएको थियो । प्रिमियरमा सुखद प्रतिक्रिया पाएको फिल्ममा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेल लगायतको अभिनय छ ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मण्डला अनलाइन र एएमआई फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनमा निर्माण रहेको फिल्ममा विक्रमदास जोशी सह–निर्माता रहेका छन् । निर्देशक सुवर्णको कथा रहेको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved