नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ५२ करोडको मात्र कारोबार

नेपालभ्युज

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ५२ करोडको मात्र कारोबार

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्सेमा केही सुधार भएको छ । अघिल्लो दिन १.८५ अंकको वृद्धि भएर २०५४ विन्दुमा अडिएको बजारमा बुधबार थप २.८७ अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०५७.८५ विन्दुमा अडिएको छ ।

२ अंक माथिले बढेको बजारमा कारोबार रकम भने आज पनि खासै बढ्न सकेन । नेप्सेका अनुसार यसदिन बजारमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने ट्रेडिङ, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved