क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

नेपालभ्युज

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ ।

क्रिप्टोलगायत डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved