कुनै अवरोध नभए अब दैनिक ३५० गाडी बञ्चरेडाँडा पुग्छन्ः बालेन

नेपालभ्युज

कुनै अवरोध नभए अब दैनिक ३५० गाडी बञ्चरेडाँडा पुग्छन्ः बालेन
फाइल तस्वीर

काठमाडौं । आज शनिबार काठमाडौं उपत्यकाबाट १५२ वटा फोहोरका गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइटमा लगिएको छ ।

कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जनाएका छन् ।

उनले शनिबार साँझ सामाजिक संजालमार्फत फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको जानकारी दिएका हुन् । उनले लेखेका छन,’काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्छ । यसैले नियमित अवस्थामा पुग्न केहि समय लाग्नेछ । यसमा सबैको सहकार्यको आवश्यकता छ ।’

उनले यसका लागि अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, लैजाने सफाइ कर्मचारी, चालकहरु तथा अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

‘फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ ।’ उनले लेखेका छन् ।

फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएपछि केही दिनदेखि गाडीहरु बञ्चरे डाँडा जान सकेका थिएनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved