धनुषामा १२ हजार मतदाता थपिए

नेपालभ्युज

धनुषामा १२ हजार मतदाता थपिए

काठमाडाैं ।  धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा छ हजार नौ सय ९८ पुरुष र पाँच हजार १९ महिला मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द राउतले जानकारी दिए । जिल्ला बाहिरका तीन सय १२ पुरुष र एक सय ३८ महिला मतदातासमेत थपिएका छन् ।

गत वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा धनुषामा चार लाख ६७ हजार तीन सय ८८ मतदाता थिए ।
–––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved