काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

नेपालभ्युज

काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड
फाइल तश्वीर

काठमाडौं । काठमाडौंको फोहोर सिस्डोल-बञ्चरेडाँडा लैजान लागेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए ।

फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: समस्या देखिएको छ ।

स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुन: स्थानीयवासीले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved