बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालभ्युज

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका- २ घर भई हाल काठमाडौंको बानेश्वरमा बस्‍ने ४६ वर्षीय दीपकचन्द्र आचार्य रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनी बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाई फरार रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved