सप्तकोशी नदीले बस्ती डुब्यो, स्थानीयले गाउँ छाडे

नेपालभ्युज

सप्तकोशी नदीले बस्ती डुब्यो, स्थानीयले गाउँ छाडे

उदयपुर। सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन्। आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन्।

प्रभावितले बस्तुभाउ, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ। सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि उनीहरू कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार बाढीबाट नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् । प्रभावित सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयंसेवकको टोलीले प्रभावितको उद्धार गरिरहेको छ। वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी कार्य भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved