अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता

चीनको कडा विरोध चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी छन्। भेटका क्रममा राष्ट्रपति इङ–वेनले ताइवानप्रति अटल समर्थन जनाएकोमा पोलोसीलाई धन्यवाद दिइन्।

नेपालभ्युज

अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं। चीनको कडा विरोध चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी छन्। भेटका क्रममा राष्ट्रपति इङ–वेनले ताइवानप्रति अटल समर्थन जनाएकोमा पोलोसीलाई धन्यवाद दिइन्।

राष्ट्रपति साइ यिङ वेनसँगको भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै प्रशंशा गरेकी छन्।

राष्ट्रपति भवनमा भएको दुई नेताबीच भएको भेटवार्ता स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण भएको थियो।

भेटका क्रममा पेलोसीले आशा, साहस र दृढ संकल्पले चुनौतीको बाबजुद पनि शान्तिपूर्ण र समृद्ध भविष्य निर्माण गर्न सक्छ भन्ने सन्देश ताइवानले विश्वलाई दिएको बताइन्।

पेलोसीले विश्वले अहिले लोकतन्त्र र निरंकुशता बीचको छनोटको सामना गरिरहेको बताउँदै अब ताइवानप्रति अमेरिकाको ऐक्यबद्धता पहिले भन्दा अझ बढ्ने र महत्वपूर्ण हुने बताइन्।

ताइवानकी राष्ट्रपति वेनले रूसले हालै युक्रेनमा गरेको आक्रमण उल्लेख गर्दै यसले ताइवानको सुरक्षा अवस्थाप्रति विश्वको ध्यानाकर्षण गराएको बताइन्। उनले ताइवानले अब चीनसामू नझुक्ने स्पष्ट संकेत पनि दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved