विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले, शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई सरकारले पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको भन्दै आपत्ति जनाए। 

नेपालभ्युज

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति
फाइल तस्वीर

काठमाण्डौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले, शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई सरकारले पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको भन्दै आपत्ति जनाए।

नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहलाई सरकारले फेरि थप कारबाहीका लागि पत्र पठाएको आफुले सुनेको भन्दै एमाले सांसद भट्टराईले प्रतिपक्ष दलका हैसियतले “म यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु भने।”

सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मेहनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए।

 

अर्को प्रशंगमा सांसद भट्टराईले सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गरी जनतालाई राहत दिन समेत ध्यानाकर्षण गराए। भूकम्पको तत्काल क्षतिको विवरण सङ्कलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको उनको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved