लाइसेन्स लिएर काम सुरु नगर्ने जलविद्युत् आयोजनाको पीपीए रद्द हुन्छ : ऊर्जामन्त्री भुसाल

नेपालभ्युज

लाइसेन्स लिएर काम सुरु नगर्ने जलविद्युत् आयोजनाको पीपीए रद्द हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) रद्द गरिने बताएकी छिन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरूको पीपीए सम्झौता भएर पनि लामो समयदेखि निर्माण हुन नसकेको भन्दै खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्नेगरी कदम चालिने बताएकी हुन्।

‘टेक अर पे’ प्रावधानमा पीपीए गरिएका आयोजनाहरू सुरु नहुँदा वित्तीय जोखिमसमेत देखिएकाले यस विषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले बताइन्। मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन्।

सरकारले प्रस्ताव गरेको नयाँ विद्युत् ऐनले विद्युत् व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उनले संसद्को चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुनेबितिकै केही प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved