जागिरको बहानामा उपमेयरले जबरजस्ती करणी प्रयास गरेको आरोप

नेपालभ्युज

काठमाडौं। ६ साउन। सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको हो।

ती महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएको प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए।
उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबरजस्ती करणीको प्रयास गरेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।
उनको कार्यकक्षबाट निस्केर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएको ती महिलाले जनाएकी छन्।

राजनीतिक दबाबका कारण गाउँमै पञ्च भेला गरेर गरी घटना लुकाउन प्रयास गरिएको बताइएको छ । तर अन्ततः पीडितले प्रहरीमा जाहेरी दिएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved