११ करोड बोरा ओपीसी सिमेन्ट बेच्दै शिवम्‌ले बनायो रेकर्ड

नेपालभ्युज

११ करोड बोरा ओपीसी सिमेन्ट बेच्दै शिवम्‌ले बनायो रेकर्ड

काठमाण्डौं। शिवम् सिमेन्ट लिमिटेडले ११ करोड बोरा ओपीसी सिमेन्ट बिक्री गर्दै नयाँ रेकर्ड बनाएको छ।

२०७८/७९ सम्मको बिक्री तथ्यांकअनुसार शिवम्‌ले नेपालमा सर्वाधिक ओपीसी सिमेन्ट बेच्ने कम्पनीका रूपमा रेकर्ड बनाएको दाबी कम्पनीले गरेको छ। ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै चुनढुङ्गा आफ्नै खानीबाट उत्खनन् गरिरहेको छ।

आफूलाई गुणस्तरीय सिमेन्ट बिक्रेताको दाबी गर्ने शिवम्‌ नेपालमा पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत भएको थियो।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved