जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रलाई सुरक्षित गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

नेपालभ्युज

जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रलाई सुरक्षित गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताएका छन्।

साथसाथै नामक संस्थाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा आवश्यक रणनीति बनाउनुपर्ने बताए।

जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुग्नसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्र पुनरुस्थानको क्रममा रहेको बताए।

महामारीको असर कम हुँदै जाँदा पर्यटन आगमन सामान्य हुँदै गएको र पर्यटन गतिविधि पुनरागमनको अपेक्षा गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved