दलबीच सहमति जुट्न नसक्दा कर्णाली प्रदेशसभा बैठक स्थगित

अर्को बैठक शुक्रबार बोलाइएको संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

नेपालभ्युज

दलबीच सहमति जुट्न नसक्दा कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

प्रदेशसभाको बैठकका लागि सत्तापक्ष र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसक्दा बैठक स्थगित गरिएको हो। अर्को बैठक शुक्रबार बोलाइएको संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको थियो। सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक स्थगित भएको हो।

एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने भन्दै एमालेले बैठकमा अवरोध गर्दै आएको छ।   आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथ्यगत रुपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने एमालेको अडान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved