एमालेले अर्थमन्त्रीलाई बहिष्कार गर्ने भएपछि २ बजेलाई सर्‍यो संसद् बैठक

बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक २ बजे बस्ने भएको छ।

नेपालभ्युज

एमालेले अर्थमन्त्रीलाई बहिष्कार गर्ने भएपछि २ बजेलाई सर्‍यो संसद् बैठक

काठमाडौं। बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक २ बजे बस्ने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आज पनि संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गर्ने भनेपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको हो।

आज बजेट निर्माणका क्रममा उठेका विवादबारे अर्थमन्त्री शर्माले जवाफ दिने भनिएको थियो। एमालेले राजीनामा नदिएसम्म अर्थमन्त्रीलाई नसुन्ने, बहिष्कार गर्ने भनेपछि बैठक सारिएको हो।

एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको विषयलाई लिएर राजीनामा मागिरहेको छ। अर्थमन्त्री भने राजीनामा नदिने, छलफलबाटै विवाद टुंग्याउने अडानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved