बीपी कोइरालालाई सफल बनाउन सुशीलाले गरेको योगदानको स्मरण

नेपालभ्युज

बीपी कोइरालालाई सफल बनाउन सुशीलाले गरेको योगदानको स्मरण

काठमाडौं। जननायक बिपी कोइरालालाई राजनीतिकरुपमा सफल बनाउन उहाँकी धर्मपत्नी सुशीलाको महत्वपूर्ण भूमिका रहेको जानकारहरूले बताएका छन्।

सुशीला कोइराला स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेकोे १५ औँ स्मृति दिवसका वक्ताहरूले नेता कोइरालाका सबै राजनीतिक चरणमा सुशीलाले साथ दिएकाले नै बिपी महामानव बन्न सफल हुनुभएको बताए। सो अवसरमा अधिवक्ता अशोक उप्रेती र पुण्यप्रसाद अर्याल तथा पत्रकार कविर राणा र श्याम रिमालले श्रीमती कोइरालाको योगदानलाई चिरस्थायी बनाउन संस्थागत ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनका स्मृतिमा नाट्य प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव दिए।

त्यस्तै श्रीमती कोइरालाकी भाइबुहारी कमला शर्मा र अधिवक्ता शान्ता पन्तले तौलिहवा माइती भएका वहुगुणी सुशीलाले घरव्यवहारसमेत सम्हालेर बिपीका हरेक कदममा साथ दिएका छन्। श्रीमती कोइरालाको योगदानबारे आगामी दिनमा विदेशमा समेत प्रचारप्रसार गरिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved