आगलागीबाट जोगियो नेपाली रेल, प्रतिबन्धित एसिड ल्याइएपछि सामान्य आगलागी

जयनगर–जनकपुर चल्ने नेपाली रेलमा कानून विपरीत प्रतिबन्धित घातक रसायन एसिड ल्याएपछि सामान्य आगलागी भएको छ। भीषण आगलागीबाट रेल जोगिएको छ।

नेपालभ्युज

आगलागीबाट जोगियो नेपाली रेल, प्रतिबन्धित एसिड ल्याइएपछि सामान्य आगलागी

जनकपुरधाम। जयनगर–जनकपुर चल्ने नेपाली रेलमा कानून विपरीत प्रतिबन्धित घातक रसायन एसिड ल्याएपछि सामान्य आगलागी भएको छ। भीषण आगलागीबाट रेल जोगिएको छ।

जनकपुर आउने तयारीमा रहेका नेपाली रेलमा बिहीबार भारत विहारको जयनगरमा आगो लागेका हो। सिटमाथि रहेको समान राख्ने बाकसमा राखिएको एसिड चुहिएर सिटमा आगो लागेको हो। आगो लागेको तत्कालै थाहा पाएपछि यात्रुको भागाभाग भयो। रेलका कर्मचारी र भारतीय प्रहरीले आगो तत्कालै नियन्त्रणमा लिएका थिए।

रेलको सिटमाथि रहेको समान राख्ने बाकसमा यात्रुले प्रतिबन्धित एसिड राखेका रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए। सो एसिड चुहिएर सिटमा आगो लागेको उनको भनाई छ। उनले भने, ‘‘समयमा थाहा भएकाले सामान्य क्षति मात्र भयो ।’’

एसिड कसले राखेको थियो भन्ने कुरा खुल्न सकेका छैन। महाप्रबन्धक झाले एसिड राखेको आशङ्कामा दुई महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको जिम्मा लगाएको बताए।

सामान्य आगलागी नियन्त्रणमा लिइएपछि रेल बिहीबारै जनकपुर आइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved