विमान दुर्घटनास्थलमा थप १० ओटा शव संकलन गरियो

१० ओ‌टा शव यसअघि नै नेपाली सेनाले पोखरा हुँदै काठमाडौं पठाइसकेको छ।  

नेपालभ्युज

विमान दुर्घटनास्थलमा थप १० ओटा शव संकलन गरियो

काठमाडौं। आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरेमा भएको तारा एयरको विमान दुर्घटनास्थलमा थप १० ओटा शव संकलन गरिएको छ। १० ओ‌टा शव यसअघि नै नेपाली सेनाले पोखरा हुँदै काठमाडौं पठाइसकेको छ।

नेपाली सेनाका मध्यकमाण्ड प्रमुख उपरथी बाबुराम श्रेष्ठले शव संकलन गरे पनि हालसम्म वेशमा झार्न नसकेको जानकारी दिए। उनका अनुसार थप एक शव खोंचमा देखिए पनि निकाल्न सकिएको छैन।

विमानमा पाइलट, को-पाइलट र परिचालिकासहित २२ यात्रु सवार रहेकोमा एउटा शव अझै भेटिन बाँकी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved