काठमाडौं महानगरपालिका-८ मा कांग्रेसको नेतृत्व

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

नेपालभ्युज

काठमाडौं महानगरपालिका-८ मा कांग्रेसको नेतृत्व

काठमाडौं। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजयी भएका छन्।

सङ्गत नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भए। उनको प्यानल नै निर्वाचित भएको हो।

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरे।

त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भए। महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भए।

हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ।

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved