‘सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार’ गरेको घटनाको छानबिन गर्न समिति गठन

‘सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कार’ भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको नेतृत्वमा समिति गठन गरेको छ। समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन्।

नेपालभ्युज

‘सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार’ गरेको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं। ‘सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कार’ भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको नेतृत्वमा समिति गठन गरेको छ। समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन्।

मोडलिङ संघले निलम्बन गर्‍यो बलात्कार आरोपितको संस्थालाई, पीडकलाई कारबाहीको माग

बुधबार साँझ एक युवतीले टिकटकमार्फत आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। टिकटकबाट २० वटा भिडियो क्लिप सार्वजनिक गरेपछि घटना बाहिरिएको हो।

आफू ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४’ को ‘फर्स्ट रनर–अप’ हुँदा उक्त सौन्दर्य प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालकले आफूमाथि जबरजस्ती करणी गरेको ती युवतीको आरोप छ।

सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई आयोजकले बलात्कार गरेको आरोप

‘सक्सेस पार्टी’को नाममा आफूलाई एभरेस्ट होटल बोलाएर ‘वेलकम ड्रिंक’मा नशालु पदार्थ मिसाई बेहोस भएको अवस्थामा करणी गरेको ती युवतीले सार्वजनिक भएको भिडियोमा खुलाएकी छन्।

त्यसको ६ महिनासम्म पनि विभिन्न फोटो तथा भिडियो देखाएर धम्कीपूर्ण तरिकाले ब्ल्याक मेल गर्दै लगातार करणी गरेको ती युवतीले दाबी गरेकी छन्।

‘ब्युटी कन्टेस्ट’ यौन हिंसा फलोअप स् पीडित र आरोपित दुवै प्रहरीको सम्पर्कमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved