सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई आयोजकले बलात्कार गरेको आरोप

सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा आफूलाई आयोजकले एभरेस्ट होटेलमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ। युवतीले आरोप लगाउँदै टिकटकमा भिडिओ पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको छ।

नेपाल भ्यूज

सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई आयोजकले बलात्कार गरेको आरोप

काठमाडौं। सुन्दरी प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गलाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएको छ।

सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा आफूलाई आयोजकले एभरेस्ट होटेलमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ। युवतीले आरोप लगाउँदै टिकटकमा भिडिओ पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडिओ भाइरल भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले पीडित युवतीको पक्षमा सहानुभूति देखाउँदै बोल्न थालेका छन्।

सौन्दर्य प्रतियोगिता समापनपछि आयोजकले ‘सक्सेस पार्टी’ दिने भन्दै होटेलमा बोलाएर नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको पीडितको आरोप छ। ‘‘सक्सेस पार्टी दिने भनेर एभरेस्ट होटेलमा बोलाइयो। म दिउँसो चार पाँच बजेतिर होटेलमा पुग्दा अरू कोही देखिनँ। अरू किन आएका छैनन् भनेर सोधेँ। उहाँले पार्टी साँझ ७ बजेतिर हो, तिमी अलिक छिटो आयौं भन्नुभयो,’’ भिडियोमा ती युवतीले भनेकी छिन् ‘‘वेटरले ल्याएको पेय पदार्थ खाएपछि मलाई चक्कर लाग्यो। मैले म बिरामी भए घर जान्छु भन्दा होटेलमा रुममा लगेर राख्नुभयो। म बेहोश भएँ, बिहान उठ्दा म सँगै उहाँ सुतिरहनुभएको रहेछ। बेडभरि रगतै रगत रहेछ।’’

भिडियोमा उनले आफूलाई बलात्कार गर्ने र बलात्कारमा संलग्न व्यक्तिलाई साथ दिनेहरू भन्दै अरूलाई समेत आरोप लगाएकी छिन्। बलात्कारपछि आफूले कानुनी उपचारको लागि सहयोग माग्दा कसेले नपत्याएको भन्दै गुनासो गरेकी छिन्। प्रतियोगिताको निर्णायक तथा एक जना पूर्वमिस नेपालसँग गुहार माग्दा साथ नदिएको गुनासो गरेकी छिन्। उनले ‘तिमी बलात्कृत हुनुमा मेरो दोष होइन’ भन्दै पन्छिएको पीडित युवतीको गुनासो छ।

घटनाका कारण आफूले दुई पटक आत्महत्याको प्रयास गरेको समेत उनले खुलाएकी छिन्। आफू अहिले निको हुने हुने प्रयासमा रहेको बताउँदै उनले मानसिक थेरापी गरिरहेको बताएकी छिन्। यतिका वर्षसम्म पनि आफ्ना पीडा कम नभएपछि बाहिर राख्न बाध्य भएको उनले बताएकी छिन्।

तर, अझै पूर्ण रूपमा ठिक नभएको उनले भिडियोमा भनेकी छिन्। उनको घटनासँग जोडेर आरोप लगाएका एक पत्रकारले भने पनि फेसबुकमा यसबारे लेखेका छन्। आयोजकले फोटोसूट गर्न भनेको कारण आफूले फोटोसूट मात्र गरिदिएको र त्योबाहेक केही थाहा नभएको उनले फेसबुकमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved