सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक, भेटिए जफत गरिने

नेपालभ्युज

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक, भेटिए जफत गरिने

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन रोक लगाएको छ। शनिबार र आइतबारसहित सरकारी बिदाको दिन सरकारी गाडी चलाएको पाइए जफत गरिने कार्यालयले जनाएको छ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अत्यावश्यक अवस्थामा प्रशासनको पाससहित मात्रै सरकारी गाडी चलाउन दिने निर्णय गरेको बताए।

‘‘बैठकले सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाउन रोक लगाउने र अत्यावश्यक अवस्थामा पास जारी गर्ने निर्णय गरेको छ,” उनले भने, ‘‘सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको पाइए जफत गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन भएको छ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved