पुतलीबजारमा भत्कियो एमालेको गढ, कांग्रेसका मेयर उपमेयर विजयी

नेपालभ्युज

पुतलीबजारमा भत्कियो एमालेको गढ, कांग्रेसका मेयर उपमेयर विजयी

स्याङ्जा। पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। आज साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मी र उपप्रमुखमा कांग्रेसकै देवी अर्याल निर्वाचित भएका हुन्।

नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी निवर्तमान नगरप्रमुख सीमाकुमारी क्षत्रीलाई दुई हजार ४०४ मतले पराजित गर्दै रेग्मी प्रमुखमा विजयी भएका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। रेग्मीले १२ हजार ४९४ मत प्राप्त गरे भने क्षत्रीले १० हजार ९० मत ल्याए।

विसं २०७४ को निर्वाचनमा नगरप्रमुखमा पनि उनीहरू प्रतिस्पर्धी थिए।

त्यस्तै उपप्रमुखमा निवर्तमान उपप्रमुख रहेका एमालेका महेश पुरीलाई ९८७ मतले पछाडि पार्दै कांग्रेसकी देवी अर्याल विजयी भइन्। विजयी अर्यालले ११ हजार ७४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी पुरीले १० हजार ७६१ मत प्राप्त गरे।

यसअघिको २०५४ सालको निर्वाचनदेखि निरन्तर रुपमा प्रमुख, उपप्रमुख र बहुमत वडाध्यक्ष विजयी हुँदै आएको एमाले बलियो रहेको पुतलीबजार यसपटक कांग्रेसको पोल्टामा गएको हो।

यसपटक कांग्रेसले वडा नं १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा जित दर्ता गर्दा एमाले २, ६, ९, १२ र १३ वडामा विजयी भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved