सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा एमाले विजयी

नेपालभ्युज

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा एमाले विजयी

काठमाडौं। सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा नेकपा (एमाले) ले जित हासिल गरेको छ।

एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामाले ६ हजार १५२ मत पाएका छन्।

उपाध्यक्षमा पनि एमालेकै शोभाना तामाङ ६ हजार ५१३ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी दयाकुमारी मिश्रले ६ हजार ४६३ मत ल्याएर पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved