भ्रम चिर्न नसक्दा एमाले पराजित : महेश बस्नेत

नेपालभ्युज

भ्रम चिर्न नसक्दा एमाले पराजित : महेश बस्नेत

काठमाडौं। नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीका उम्मेदवारप्रतिको नागरिकको भ्रमलाई चिर्न नसक्दा स्थानीय तहको निर्वाचनमा एमाले पराजित हुनु परेको बताएका छन्।

अघिल्लो स्थानीय निर्वाचनमा जितेका वडाहरुमा योपटक हार व्यहारेपछि उनले पार्टीबाट कमजोरी भएको स्वीकार गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘एमालेविरुद्ध सबै दलहरु गठबन्धन बनाएर लागेको बेलामा पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौँ । टिकट वितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रमहरुलाई समयमा चिर्न नसक्दा हामीले जित्ने वडामा पराजित भएका छौँ।’’

उनले निर्वाचित जनप्रतिनिधिहरुको बारेमा गरिएका कू–प्रचार तोड्न नसक्दा र पार्टीप्रति जनताको समर्थनलाई संगठित रुपमा पार्टीकरण गर्न नसक्दा इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि एमालेले जित्ने मध्यपुर थिमि नगरपालिका १, २, ५ वडाको अध्यक्षमा पराजित हुनु परेको उनको गुनासो छ।

उनले ती वडाहरुमा मिश्रित परिणाम आएको, प्रमुख र उपप्रमुखमा एमालेको मत घटेको र लगभग हारको नजिक पुगिएको पनि उल्लेख गरेका छन्। नेता बस्नेतले मत परिणाम स्वीकार गरेर कमजोरी हटाउँदै सशक्त ढंगबाट जनताको सेवामा लाग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved