बुढानिलकण्ठ, शंखरापुर र गोकर्णेश्वरमा एमालेको अग्रता

गोकर्णेश्वर नगरमा पनि एमालेका उद्धव विष्टले अग्रता बनाएका छन्। उनले ५५० मत पाउँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन्।

नेपालभ्युज

बुढानिलकण्ठ, शंखरापुर र गोकर्णेश्वरमा एमालेको अग्रता

काठमाडौं। नेकपा एमालेले काठमाडा जिल्लाका मतगणना शुरु भएका तीन पालिकामा अग्रता बनाएको छ।

मतगणनाा शुरु भएका बुढानिलकण्ठ, शंखरापुर र गोकर्णेश्वर तीनओनै नगरपालिकामा एमलोले शुरुआती चरणमा अग्रता बनाएको हो।

बुढानिलकण्ठमा एमालेका मिठाराम अधिकारीले ७७८ मतसहित अग्रता बनाएका छन्। उनलाई कांग्रेसका विनोद चालिसेले ४२८ मतसहित पछ्याइरहेका छन्।

बुढानिलकण्ठको उपमेयरमा ८१२ मतसहित एमालेकी अनिता लामाले अग्रता बनाउँदा कांग्रेसकी रमा वाग्लेले ४५३ मतसहित पछ्याइरहेकी छन्।

गोकर्णेश्वर नगरमा पनि एमालेका उद्धव विष्टले अग्रता बनाएका छन्। उनले ५५० मत पाउँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन्।

गोकर्णेश्वरको उपमेयरमा ५६२ मतका साथ एमालेकी सान्नानी लामाले अग्रता बनाउँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत ल्याएकी छन्।

त्यस्तै, शंखरापुर नगरपालिकामा पनि एमालेले १३५ मत पाउँदा गठबन्धनका उम्मेदवारले ९० मत पाएका छन् ।

काठमाडौं महानगरपालिकाको भने भर्खरै मतपेटिका खोलिएको छ। अब गणना शुरु हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved