चौंरीदेउरालीमा ६ घण्टापछि पुन: शुरु भयो मतदान

नेपालभ्युज

चौंरीदेउरालीमा ६ घण्टापछि पुन: शुरु भयो मतदान

काभ्रे। काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा रोकिएको मतदान पुन: शुरु भएको छ।

एक जनाको भोट अर्कोले हालेको भन्दै चौंरीदेउरालीमा विवाद भएको थियो। विवादपछि खालि मतपेटिका तानातानका क्रममा फुटेको थियो। मतदान शुरु भएको तीन घण्टापछि नै मतदान स्थगित भएपछि मतदान पुन: शुरु गर्न सर्वदलीय बैठक बसेको थियो।

सर्वदलीय बैठकपछि पुन: मतदान शुरु गरिएको हो। साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पुर्‍याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved