सर्लाहीमा मतदान अधिकृत नै प्रहरी नियन्त्रणमा

नेपालभ्युज

सर्लाहीमा मतदान अधिकृत नै प्रहरी नियन्त्रणमा
सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीमा मतदातालाई भोट हाल्न सिकाएको भन्दै मतदान अधिकृतलाई नियन्त्रणमा लिइएको छ। बलरा नगरपालिका-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।

हाल त्यहाँ मतदान अवरुद्ध भएको छ। मतदान सुचारु गराउने प्रयास भइरहेको पोखरेलले जानकारी दिए। हाल मतदान स्थगित गरेर छलफल भइरहेको बलरा नगरपालिकाका निर्वाचन अधिकृत रञ्जित यादवले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved