छाप लगाएको मतपत्र सार्वजनिक गरेका डा. बाबुराम भट्टराई भन्छन्, ‘मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन’

गोरखा पुगेर स्थानीय चुनावमा मतदान गरेपछि स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गरेको भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नहुने बताए।

नेपालभ्युज

छाप लगाएको मतपत्र सार्वजनिक गरेका डा. बाबुराम भट्टराई भन्छन्, ‘मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन’

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नहुने बताएका छन्।

गोरखा पुगेर स्थानीय चुनावमा मतदान गरेपछि स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गरेको भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नहुने बताए।

छाप लगाएको मतपत्र सार्वजनिक गरेको विषयमा सामाजिक सञ्जालमा टिप्पणी शुरु भएपछि भट्टराईले आफ्नो कदमको बचाउ गरेका हुन्। उनले लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार÷मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु भएको उल्लेख गरेका छन्।

भट्टराईले ट्विट गरेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर, कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved