जगन्नाथ पौडेलको आरोप : भरतपुरमा गठबन्धनले पैसा र साडी बाँड्यो

नेपालभ्युज

जगन्नाथ पौडेलको आरोप : भरतपुरमा गठबन्धनले पैसा र साडी बाँड्यो

भरतपुर। भरतपुर महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनलाई गम्भीर आरोप लगाएका छन्। गठबन्धन दलले निर्वाचन प्रभावित पार्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका हुन्।

भरतपुरको मालपोत चोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार पौडेलले गठबन्धन दललाई यस्तो आरोप लगाएका हुन्। उनले भनेका छन्, “भरतपुरमा गठबन्धन दलको नेतृत्व गरेका कांग्रेसका मान्छेहरूले झोला–झोलामा पैसा र साडी बाँढेको सूचना प्राप्त भएको छ, यो निर्वाचन प्रभावित गर्ने काम हो।”

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत मंगलबार (आज) राति १२ बजेबाट मौन अवधि शुरु हुँदैछ। मौन अवधि शुरु हुनुअघि अन्तिम चुनावीसभालाई सम्बोधन गर्ने क्रममा भरतपुरमा मेयर पदका प्रत्यासी पौडेलले यस्तो आरोप लगाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved