देशमा आमूल परिवर्तन माओवादीबाहेक अरुले ल्याउन सक्दैन : प्रचण्ड

उनले बुद्धिजिवीहरूले अहिलेको परिवर्तनको वाहक माओवादी नै हो भनेर सबैतिर जागरूक गराउनुपर्ने बताए।

नेपालभ्युज

देशमा आमूल परिवर्तन माओवादीबाहेक अरुले ल्याउन सक्दैन : प्रचण्ड

जनकपुरधाम।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाहेक अरुले देशमा आमूल परिवर्तन ल्याउन नसक्ने दाबी गरेका छन्। धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा आयोजित चुनावी सभामा उनले मधेश र मधेशी जनताले सुख-दुःखको साथी माओवादी नै भएको जिकिर गरे।

मधेशी जनताकै मतले आफू दोस्रोपटक प्रधानमन्त्री भएको बताउँदै उनले बुद्धिजिवीहरूले अहिलेको परिवर्तनको वाहक माओवादी नै हो भनेर सबैतिर जागरूक गराउनुपर्ने बताए।

०७० को निर्वाचनमा मधेशबाटै लडेको र मधेशी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको उनले बताए।

‘‘मैले ७० को निर्वाचन मधेशबाटै लडें, मधेशी जनसमुदायको मत पाएरै निर्वाचित भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेशी जनताको मत कै कारणले भएँ,” उनले भने, ‘‘अब हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौं, यो निर्वाचनमा मधेशले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ।’’

उनले मा‌ओवादीबाहेकले देशमा परिवर्तन ल्याउन नसक्ने दाबी गर्दै कुनै भ्रममा नपर्न आग्रह गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved