निर्वाचनको आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन : महासंघ अध्यक्ष पोखरेल

नेपालभ्युज

निर्वाचनको आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन : महासंघ अध्यक्ष पोखरेल

काठमाडौं। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको बताए।

राज्यले प्रविधिलाई मात्रै हेरेर कानून बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताए। पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको उनको भनाइ थियो।

अध्यक्ष पोखरेललले राज्यले सधैँ प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए। उनले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved