युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट : संयुक्त राष्ट्रसंघ

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे।

नेपालभ्युज

युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट : संयुक्त राष्ट्रसंघ

एजेन्सी। युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताए।

युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको गुटरेसले बताए।

गुटरेसले युक्रेनमा रूसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, उर्जा र आर्थिक संकट परेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ।

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे।

गुटरेसले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताए।

रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो। जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved