संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा

गुटरेसले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रूसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन्।

नेपालभ्युज

संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस युक्रेन पुगेका छन्। उनले सो कुरा ट्विट गरेर जानकारी दिएका छन्।

गुटरेसले ट्विटमा भनेका छन्– म रूसको भ्रमणपछि आज युक्रेन पुगेको छु।

गुटरेसले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रूसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन्।

राष्ट्रसंघीय महासचिव गुटरेसले युक्रेनमा रहँदा यहाँका द्वन्द्वग्रस्त क्षेत्रहरुको भ्रमण गरी त्यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताए। उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि बताए।

महासचिव गुटरेस हालैमात्र रूसको भ्रमणमा गएका थिए। त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved