वीरेन्द्रनगर प्रमुखमा १७ जनाको उम्मेदवारी

सोमबार भएको मनोनयन दर्तामा १७ जनाले मेयरको लागि उम्मेदवारी दर्ता गराएका हुन्।

नेपालभ्युज

वीरेन्द्रनगर प्रमुखमा १७ जनाको उम्मेदवारी
फाइल तस्वीर

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी परेको छ। सोमबार भएको मनोनयन दर्तामा १७ जनाले मेयरको लागि उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसबाट उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा (एकीकृत समाजवादी)बाट धनकुमारी जिसी, राप्रपाबाट मुकुन्दश्याम गिरीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

जनता समाजवादी पार्टीबाट गगनबहादुर सारु, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेमकिपाबाट गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टीकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकण्ठ भुसाल, राप्रपा नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले उम्मेदवारी दिएका छन्।

त्यस्तै, स्वतन्त्रबाट फस्टबहादुर हमाल, चिन्तामणि शर्मा, भीमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमानन्द पङ्गालीले उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved