भरतपुरको मेयरमा कांग्रेसबाट पूर्वसांसदको ‘बागी’ उम्मेदवारी

नेपालभ्युज

भरतपुरको मेयरमा कांग्रेसबाट पूर्वसांसदको ‘बागी’ उम्मेदवारी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ।

सत्तारुढ दलले गठबन्धन गरेर नकेपा माओवादी केन्द्रलाई मेयर उम्मेदवार सुम्पिएपछि कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी हालेका हुन्। कांग्रेस पार्टी कार्यालयमा उनले आज उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस महासमिति सदस्य मीना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेदवारी दिने बताए।

आज कांग्रेसका असन्तुष्ट पक्षको जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो। पौडेलले भोलि मनोनयन दर्ता गर्ने गरेका बताएका छन्।

पौडेल भरतपुर महानगरपालिका-७ का नेता तथा पूर्व उपमेयर हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved