ललितपुरमा पनि टुट्यो गठबन्धन, नेकपा एसले गर्‍यो छुट्टै उम्मेदवार दर्ता

आजै बुटवल उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले गठबन्धनबाट बाहरिँदै छुट्टै उम्मेदवारी दर्ता गरेको छ। भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका छन्।

नेपालभ्युज

ललितपुरमा पनि टुट्यो गठबन्धन, नेकपा एसले गर्‍यो छुट्टै उम्मेदवार दर्ता

काठमाडौं। ललितपुरमा गठबन्धन टुटेको हो। जिल्लाका स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति नभएको भन्दै नेकपा एसले छुट्टै उम्मेदवारी दर्ता गराएको हो।

यसअघि नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिका आफूले पाउनुपर्ने माग राखेको थियो। ती पालिका नपाएपछि नेकपा एस असन्तुष्ट बनेको थियो। असन्तुष्ट एसले गठबन्धनबाट बाहिरिँदै ललितपुर महानगरपालिका उम्मेदवारी दर्ता गरेको हो।

नेकपा एसबाट आइतबार मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धनका शीर्ष नेताहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा अनिवार्य चुनावी तालमेल गर्ने सहमति भए पनि भागबण्ड नमिल्दा दलहरूबीचको सम्बन्ध चिसिँदै गएको छ।

आजै बुटवल उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले गठबन्धनबाट बाहरिँदै छुट्टै उम्मेदवारी दर्ता गरेको छ। भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved