बालेन शाहको घोषणापत्र : डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना (पूर्णपाठ)

नेपालभ्युज

बालेन शाहको घोषणापत्र : डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना (पूर्णपाठ)

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा बालेन शाहले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत रहेका शाहले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्।

शाहले ७० वर्षमाथिका वृद्धवृद्धाको नि:शुल्क स्वास्थ्य परीक्षण, घरमै पुगेर वृद्धभत्ता वितरण, व्यक्तिगत घटना दर्ता, सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणालीको शुरुआत, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी, हरेक हेल्थ पोस्टको स्थापना गर्ने, कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने कार्यक्रम राखेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved