यो गर्मीमा पेप्सीले ‘स्वाग’सँगै रिफ्रेस गराउने

नेपालभ्युज

यो गर्मीमा पेप्सीले ‘स्वाग’सँगै रिफ्रेस गराउने

काठमाडौं। यो गर्मीमा पेप्सीले नेपालका युवाहरूलाई आफ्नो नयाँ प्रचार अभियान ‘जसले ब्रान्डको ‘स्वाग’ दर्शनलाई पुनः दर्शाउँछ’का साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ।

पेय पदार्थ ब्रान्डले सुपरस्टार तथा ब्रान्ड सद्भाव दूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टीभीसी विज्ञापन अनावरण गरेको छ। जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा प्रदीप खड्काको रमाइलो पक्ष र चतुर्याईंलाई प्रस्तुत गरेको छ।

यो नयाँ विज्ञापन पनि ‘हर घुँटमा स्वाग छ’ कै विस्तारित रुप हो र यसले पेप्सी सद्भाव दूत प्रदीप खड्कालाई गर्मीको दिनमा काठमाडौंको एउटा स्थानमा साथीहरूसँग खाना खाइरहेको देखाउँछ।

साथीहरू सबैले हातैले खाना खाइरहेको देखेर भर्खरै विदेशबाट फर्किएको एकजना साथीले उनीहरू सबै बाहिरी दुनियाँसँग साक्षात्कार हुन पर्छ भन्दै आफ्नो रवाफ देखाउँछ। उसले कति वर्ष बितिसक्दा पनि उनीहरूले अझै टेबुल शिष्टाचार सिक्नै बाँकी रहेको बताउँछ।

यो सबै सुनेपछि प्रदीपले चिस्सो पेप्सी बोतलबाट एक घुँट पिउँदै स्वाएग लिएर साथीमा अहिले पनि पहिलेझैं सबैलाई सताउने बानी बाँकी नै रहेको सुनाउँछ। यसैमा विज्ञापन नयाँ पेप्सी बोतलमा गएर रोकिन्छ र पृष्ठभूमिमा ‘हर घुँटमा स्वाग छ’को धून गुन्जिरहन्छ।

विज्ञापन शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ डाइरेक्टर नसिब पुरीले भने, “पेप्सी सधैँ नै युवा पुस्ताहरूको रोजाइ बन्दै आएको छ र नेपालमा अत्यन्त रुचाइएको कोला पेयहरूमध्ये एक हो। पेप्सीद्वारा शुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरूको स्वाएगलाई प्रतिबिम्बित गर्दछ। प्रदीपको उपस्थिति र उनको स्वाभाविक अभिनयले विज्ञापनको उचाइ बढाएको छ र आजका पुस्ताको आत्म विश्वास झल्काउने यो प्रचार अभियान सबैलाई मनपर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”

प्रचार अभियानको बारेमा आफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, “पेप्सीको स्वाएग दर्शन मसँग सधैँ नै प्रतिध्वनित हुने गरेको छ। ब्राण्डको कठोर अवस्थाले यसलाई आजका युवासँग अत्यन्त सान्दर्भिक बनाइदिएको छ। यो विज्ञापनको सार नै तिमी को हौ र तिमीले के गर्न सक्छौं भनेर निर्भीकता देखाउने हो। म निर्धक्क छु कि मेरा प्रशंसकहरूले यो नयाँ विज्ञापनलाई पनि माया गर्नु हुनेछ र चिस्सो रिफ्रेसिङ पेप्सीका साथमा यसको मज्जा लिनु हुनेछ।”

युवा नयाँ पेप्सी टीभीसी टीभी, डिजिटल, आउटडोर र सोसल मिडियामार्फत व्यापक रुपमा देखाइनेछ। पेप्सी नेपालका सबै आधुनिक डिपार्टमेन्टल स्टोरहरू तथा परम्परागत पसलहरूका अलावा ई–कमर्स प्लेट फर्महरूमा सबेत एकजनालाई र धेरैजनालाई पुग्ने प्याकहरूमा उपलब्ध छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved