एससीटीको नयाँ लोगो सार्वजनिक, सेवाहरुमा सुधारको घोषणा

नेपालभ्युज

एससीटीको नयाँ लोगो सार्वजनिक, सेवाहरुमा सुधारको घोषणा

काठमाडौं। नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।

नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ।

एससीटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ। आज एससीटीले आफ्ना आयामहरूलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको छस यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरूको गेटवे, क्युआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरू प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्‍याएको छ।

“हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरू अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौँ। नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङ्केत गर्छ। क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरू सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचीत अवसर अरू कुनै हुन सक्दैन,” सीईओ नारायणप्रकाश भुजुले बताए।

सन् २००१ मा स्थापित, एससीटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो।

एससीटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पीएसपी (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ।

एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved