प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन – प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन्।

नेपालभ्युज

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन – प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन्। आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताए। साझा सङ्घर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित भएको उनको भनाइ छ।

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै प्राप्त उपलब्धिको रक्षासहित समाजवादको आधार तयार पार्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हुन आएको बताए।

उनले लेखेका छन्, ’’शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो। वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा सङ्घर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो। तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved