एमालेले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

नेपालभ्युज

एमालेले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका लिग आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ। दिउँसो एक बजे तुलसीलाल स्मृति भवन च्यासलमा हुने कार्यक्रममार्फत अध्यक्ष ओलीले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिए।

आजैदेखि एमालेको केन्द्रीय कार्यालय पनि तुलसीलाल अमात्य भवनमै सर्दैछ।

आजै कम्युनिष्ट योद्धाहरूलाई सम्मान गर्ने तथा विभिन्न दल परित्याग गरेर आएकाहरूलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको उनले बताए।

७४ औं नेकपा दिवसको अवसर पारेर एमालेले कार्यालय भवन स्थानान्तरण र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको हो।

२००६ मा स्थापना भएको थियो नेकपा 

२००६ साल ९ वैशाखमा पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्ने र मुलुकमा सामाजिक रुपान्तरण तथा जागरण ल्याउने उद्देश्यले यो पार्टी गठन गरिएको थियो।

पुष्पलालकै पहलमा कार्ल मार्क्सको कम्युनिष्ट घोषणापत्रलाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरियो। सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि कालान्तरमा गएर कम्युनिष्ट पार्टीमा विभिन्न मतभेदहरू देखिन थाले। जसकारण अहिले नेपालका कम्युनिष्टहरू टुक्रिएर दर्जनौंको संख्यामा छन्।

ती पार्टीहरूले विभिन्‍न कार्यक्रम गरी नेकपा स्थापना दिवस मनाउने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved