एमालेले गण्डकी र लुम्बिनी प्रदेशसभा सदस्यलाई पालिकामा टिकट नदिने

पोखरा महानगरपालिकाको प्रमुख पदमा गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण थापा र राजिव पहारी सिफारिस भएर आएकामा अब दुवैले टिकट नपाउने भएका छन्।

नेपालभ्युज

एमालेले गण्डकी र लुम्बिनी प्रदेशसभा सदस्यलाई पालिकामा टिकट नदिने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य रहेका व्यक्तिलाई ३० वैशाखमा हुने स्थानीय चुनावमा टिकट नदिने भएको छ।

आज बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा यी दुवै प्रदेशमा सरकार परिवर्तनका लागि एक एक सदस्यले असर गर्नसक्ने अवस्था रहेकाले प्रदेश सांसदलाई टिकट नदिने छलफल भएको हो।

स्थानीय चुनावमा पालिकामा चुनाव लड्नका लागि प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यले पनि पदबाट राजीनामा दिनुपर्ने भएकाले एमालेले प्रदेशसभा सदस्यलाई पालिकामा टिकट नदिने भएको हो।

यसअघि, पोखरा महानगरपालिकाको प्रमुख पदमा गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण थापा र राजिव पहारी सिफारिस भएर आएकामा अब दुवैले टिकट नपाउने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved