मधेश प्रदेशमा संक्रमितको संख्या एक अङ्कमा झर्‍यो

मधेश प्रदेशमा करीब ७३ प्रतिशतले कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

नेपालभ्युज

मधेश प्रदेशमा संक्रमितको संख्या एक अङ्कमा झर्‍यो

जनकपुर। मधेश प्रदेशमा कोभिड-१९ को सक्रिय संक्रमितको संख्या एक अङ्कमा झरेको छ।

केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड-१९ सक्रिय संक्रमितको संख्या मधेश प्रदेशमा चार जना मात्र छन्। चारै जना होमआइसोलेशनमा रहेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना महामारी शुरु भएयता मधेश प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ४१ हजार ४१७ संक्रमित भएकामा ४० हजार ३५१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन्।

सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ गरी एक हजार ६२ जनाको मृत्यु भइसकेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै, मधेश प्रदेशमा करीब ७३ प्रतिशतले कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचार-प्रसार तथा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड-१९ विरुद्धको खोप लगाउने दर बढेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved